१५ महिनामा तेस्रो पटक गठबन्धन फेरेपछि यस्तो बन्यो प्रचण्ड टिमबुधबार, फागुन २३, २०८०

अर्कै राजनीतिक समीकरण निर्माणमा जुटेका हुन देउवा? बुधबार, फागुन २३, २०८० गठबन्धन भत्किएको विषयमा मंगलबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट धारणा निर्माण गरेपछि भने देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाले मंगलबार साँझदेखि नै विभिन्न दलका नेताहरुसँग प्रत्यक्ष भेटमा र फोनमा समेत कुराकानी गरेको उनीनिकट स्रोतको दाबी छ। देउवाले बुधबार बिहान मात्रै नेकपा एमालेका १ जना उच्च तहका नेतालाई भेटेको स्रोतको...

नयाँ गठबन्धन बनाएपछिको प्रचण्ड अभिव्यक्तिका संकेत र सन्देश मंगलबार, फागुन २२, २०८० त्यसमा पनि प्रचण्डले आफू ज्यूँदो हुँदासम्म उथलपुथल भइरख्ने दाबी गरे। उनले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ। प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर उम्कन सक्छु।’ नयाँ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति फरक फरक कोणबाट टिप्पणी हुने गरेको छ। एकथरीले...

सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी, अझै डेढ वर्ष प्रचण्डले सरकार चलाउने सोमबार, फागुन २१, २०८० नेकपा एमाले महासचिव शंकर पोखरेलले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरी अघि बढ्ने समझदारी भएको बताएका छन्। उनले एमाले र माओवादीबीच सरकारको नेतृत्व गर्नेबारे कार्यकाल कति हुने भन्नेबारे गृहकार्यकै चरणमा रहेको बताए।‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ,’ उनले भने, ‘दुई पार्टीले कतिकति समय...

निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म उथलपुथल भइनै राख्छ: प्रधानमन्त्री सोमबार, फागुन २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन्। पटकपटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’मा प्रधानमन्त्री प्रचण्डले माओवादी जमेर बस्ने पोखरी...

देउवाले भने– ‘प्रचण्ड धोकेबाज रहेछन्’ सोमबार, फागुन २१, २०८० २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...

गठबन्धन तोडेको माओवादी भन्छ– कांग्रेसले सरकारलाई साथ दिएन सोमबार, फागुन २१, २०८० नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन्।सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई...

नयाँ सत्ता समीकरण: कोशीका मुख्यमन्त्रीलाई हाइसन्चो, तीन प्रदेशका मुख्यमन्त्रीलाई तनाव सोमबार, फागुन २१, २०८० केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्। यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो। हाल सुदूरपश्चिमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन्। यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेसमा जसपाको सरकार छ।

बन्यो एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीको शपथ सोमबार, फागुन २१, २०८० नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एकएक जना सरकारमा सहभागि हुनेछन्। उनीहरूले आजै शपथ लिनेसमेत स्रोतको दाबी छ। एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी...

काठमाडौं महानगर प्रहरीद्वारा गैरकानुनी रुपमा लाठी चार्ज, हुनसक्छ फौजदारी कसुरमा कारबाही? आइतबार, फागुन २०, २०८० तर बुधबारको घटनामा नगर प्रहरीले गरेको ‘लाठी चार्ज’लाई कुनै पनि कानुनले परिकल्पना गरेको छैन। स्थानीय प्रशासन ऐन २०२८ मा शान्ति सुरक्षा कायम गर्नका लागि प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई लाठी चार्जका लागि निर्देशन दिन सक्ने व्यवस्था छ। वरिष्ठ अधिवक्ता त्रिपाठी बुधबारको घटनामा काठमाडौं महानगरको नगर प्रहरीबाट ‘अपराधिक ढंगबाट’ बल प्रयोग भएको...

मोहन बैद्यले पकाउने आलु र सिन्की साह्रै मिठो! शनिबार, फागुन १९, २०८० बैद्यलाई अहिले दमले बेला बेला दु:ख दिने गरेको छ। यो समस्या सानै देखिको रहेछ। उमेरमा बल, तागतले जितेको यो समस्या अहिले केही बढी देखिने गरेकाले नियमित औषधि खानुपर्ने र बेला बेला अस्पताल धाउनुपर्ने बाध्यता छ। घरमा औषधिको व्यवस्थापन गर्नेदेखि केही असजिलो परे डाक्टरकहाँ पुर्याउने जिम्मेवारी पत्नी शुष्मालाई छ। ‘दमको समस्या...

व्याकुल वैद्यखानालाई पुनः स्थापित गर्न सकिन्छ? शुक्रबार, फागुन १८, २०८० कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगटेको सिंहदरबार वैद्यखानाको व्यापार यतिबेला ठप्प जस्तै छ। सरकारी स्वामित्वमा रहेको एक मात्र आयुर्वेदिक औषधि उद्योग वैद्यखानालाई सरकारले नै बेवास्ता गर्न थालेपछि उत्पादन र व्यापार दुवै सङ्कटमा परेको छ। जडीबुटीको क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा देशकै सबैभन्दा पुरानो औषधि उत्पादन गर्ने...

युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी शुक्रबार, फागुन १८, २०८० रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्।रुस-युक्रेन युद्धको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूले सघाएको भन्दा कडा आलोचना गरे। साथै उनले पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य...