केजरीवाल पक्राउसँगै तात्यो दिल्लीको राजनीतिक माहोल, के हो प्रकरण?शुक्रबार, चैत ९, २०८०

विनोद चौधरीलाई जोगाउन कांग्रेस सभापति 'सक्रिय', कठघरामा उभ्याउन सक्लान् गृहमन्त्रीले? बिहीबार, चैत ८, २०८० उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी र उनको व्यापारिक समूहका व्यक्तिहरू निरन्तर चर्चामा छन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अर्बपति चौधरी पनि छानबिनमा तानिएका छन्। जग्गा हिनामिना बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।सीआईबीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई उनीमाथि अनुसन्धान भइरहेको पत्र पठाएर...

चौधरी समूह नै अनुसन्धानमा तानिएको बाँसबारी जग्गा प्रकरण के हो? बिहीबार, चैत ८, २०८० देशकै सबैभन्दा ठूलो व्यवसायिक घराना चौधरी समूह अहिले सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएको छ। सरकारी जग्गालाई निजी स्वामित्वमा ल्याएर भ्रष्टाचार गरेको प्रकरणमा चौधरी समूहका हर्ताकर्ता विनोद चौधरी, अरुण चौधरी र बसन्त चौधरीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। विनोद चौधरी नेपालका ‘एकमात्र’ डलर अर्बपति समेत हुन्। उक्त जग्गा...

थेसिस सुपरभाइजर प्राध्यापकले जिस्काएपछि भाइसँग मिलेर हत्या, १६ वर्षपछि पक्राउ परिन् सोभिता मंगलबार, चैत ६, २०८० पढ्नलाई अर्कै क्याम्पस जाने गरेकी सोभितालाई प्राध्यापक विष्टले ‘थेसिस पनि उतैबाट गर्नु नि!’ भन्दै जिस्काउने गरेका थिए। थेसिसको प्रोपोजल (प्रस्ताव) बुझेर पनि थेसिस फाइनल गर्न भने प्राध्यापक विष्टले केही समय लगाएका थिए। थेसिस फाइनल गर्नका लागि सोभिताले पटक–पटक आग्रह गर्दा प्राध्यापक विष्टले पुरानै शैलीमा ‘हतार भए पाटनबाटै गरे हुन्छ!’ भन्दै...

आईसीसी अध्यक्ष ग्रेग बार्क काठमाडौंमा सोमबार, चैत ५, २०८० अध्यक्ष बार्कलाई स्वागत गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का पनि विमानस्थल पुगेका थिए। चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङ र...

काण्डैकाण्डका नाइके महरा सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणमा यसअघि भएको अनुसन्धानबाट संलग्नता खुलेपनि उनलाई प्रहरीले भने संरक्षण नै गरेको थियो। तर उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा नै चलाउन सिफारिस गरेपछि सरकारले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु परेको हो। तर यसअघिका काण्डमा जस्तै सुन तस्करी प्रकरणमा पनि महराले उन्मुक्ति...
-1710756574.jpg)
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक सोमबार, चैत ५, २०८० हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा सङ्क्रमणकाल जस्तो हुने रहेछ। जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सदनमा प्रस्तुत गर्नुभएको थियो। त्यस विधेयकमाथि छलफल हुँनै लाग्दा सरकार परिवर्तन भयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको जिम्मेवारी अब...

सुन तस्करीमा कसरी जोडिएका थिए महरा? सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणमा सीआईबीले गरेको अनुसन्धानबाट माओवादी नेता महाराको सुन ल्याउने चिनियाँ ब्यापारीसँग पटक–पटक सम्पर्क भएको भेटिएको थियो। यस्तै, महाराका छोरा राहुलको पनि चिनियाँहरुसँग सम्पर्क भएको भेटिएको थियो। सीआईबीको अनुसन्धानबाट सुन तस्करीमा चिनियाँ नागरिक ली र दाओजिङ वाङको मुख्य भूमिका रहेको खुलेको थियो। तस्करीका मुख्य नाइके दुवै चिनियाँ नागरिकसँग महराले...

चीनको वेवास्ताले अलपत्र पर्यो चक्रपथ विस्तार, परियोजना नै असफल हुने चिन्ता सोमबार, चैत ५, २०८० चीनले बेवास्ता गर्दै गएपछि उक्त आयोजना असफल हुने चिन्ता सडक विभागका अधिकारीहरुमा छ। ‘चीनले हामीले पठाएका पत्रको जवाफ पनि दिएको छैन। उसले किन काम अगाडि बढाएन वा बढाउन चाहेन भन्ने विषयमा पनि हामी अनविज्ञ नै छौं,’ सडक विभागका १ जना अधिकारी नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘चीनको यस्तै बेवास्ता रहने...

रङ्गमञ्चका कलाकारलाई मात खुवाउने नेताहरूको ‘छेपारे प्रवृत्ति’ आइतबार, चैत ४, २०८० सत्ताबाट निमेषभर पनि जमिनमा नटेकी झन्डासँगै नयाँ सत्ताको नेतृत्वमा सरेका प्रधानमन्त्री दाहालको परिवर्तित चालढाल, बोलिचाली र भावभङ्गिमा नै रोचक लाग्छ। सत्तोसराप गरिरहेका नेतालाई उनी जीवनसाथी जसरी अगाध माया गरिरहेका देखिन्छन् भने घनिष्ठ मित्रता रहेको पुरानो सहयात्रीलाई सौतेनी आमाका सन्तानलाई झैँ व्यवहार गरिरहेका पाइन्छन्। यो प्रवृत्ति केवल दाहालमा मात्र लागू हुँदैन,...

‘गलबन्दी च्यातियो तिम्ले तानेर’ भाकामा जब प्रधानमन्त्री छमछमी नाचे... आइतबार, चैत ४, २०८० पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवाताल छेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्ह पख घोषणा समारोह सुरु भयो।समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल...

पोखरा अब नेपालको पर्यटकीय राजधानी आइतबार, चैत ४, २०८० पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो। उक्त गन्तव्य आजदेखि मुलुककै पर्यटनको लागि राजधानीका रूपमा नेपाल सरकारबाट घोषणा भएको हो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्यातिप्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीका रूपमा औपचारिक घोषणा गरिएको बताए।

पोखरा पर्यटकीय राजधानी घोषणाः व्यवसायीमा चिन्ता आइतबार, चैत ४, २०८० पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे। पञ्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो। तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरू एक थान कागजमा आफ्ना आठ बुँदे माग राखेर प्रधानमन्त्रीलाई भेट्न पुगे। पोखरा पर्यटन परिषद्का...