News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पोखरा अब नेपालको पर्यटकीय राजधानी

काठमाडौं— कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानी घोषणा गरिएको छ।

आइतबार पोखरा महोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहालले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन्।

Prabhu Bank

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो। उक्त गन्तव्य आजदेखि मुलुककै पर्यटनको लागि राजधानीका रूपमा नेपाल सरकारबाट घोषणा भएको हो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्यातिप्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीका रूपमा औपचारिक घोषणा गरिएको बताए।  

उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको बताए। उनले विश्वका विभिन्न मुलुकमा शहरका आआफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताए ।

उनले विज्ञ सहित अध्ययन समितिले अध्ययन गरी विभिन्न सूचकहरूको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको स्मरण गरे।  

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:३०
Weather Update