News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगरौँ: बेदुराम भुसाल
राष्ट्रिय सभाको अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगरौँ: बेदुराम भुसाल राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगर्न प्रस्ताव गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा प्रस्तावित नारायण दाहालका पक्षमा समर्थन गर्दै भुसालले भने, ‘राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गर्दा राजनीतिक बहस नगरौँ भन्ने लाग्छ। तर, म भन्दा अघि बोल्ने वक्ताले त्यस्तो बहस त गर्नुभयो...
एमाले प्रतिपक्षमै रमाउने हो, कांग्रेसले प्रतिपक्षी हुँदा नआत्तिओस्
एमाले प्रतिपक्षमै रमाउने हो, कांग्रेसले प्रतिपक्षी हुँदा नआत्तिओस् राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिपक्षी हुँदैमा नआत्तिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रस्तावको समर्थन गर्दै दाहालले अहिलेको गठबन्धन समयको माग रहेको बताए। 
एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालसँग प्रधानमन्त्री प्रचण्डको छलफल
एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालसँग प्रधानमन्त्री प्रचण्डको छलफल प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिती, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लाग्नुभएको विश्वासको मत,...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। सत्ता साझेदार रास्वपाको आज बिहान भएको संसदीय दलको बैठकले वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णयसहित प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दा विश्वास मत प्रदान गर्न ह्वीप जारी गरेको छ। 
प्रहरीलाई गृहमन्त्री रविको अपिल: अपराध गर्नेलाई कारबाही गर्न मेरो आदेश नकुर्नुहोस्
प्रहरीलाई गृहमन्त्री रविको अपिल: अपराध गर्नेलाई कारबाही गर्न मेरो आदेश नकुर्नुहोस् गृहमन्त्री रवि लामिछानेले देशका कानूनी राज्यको प्रत्याभूत हुने गरी काम गर्न प्रहरी अधिकारीलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट अपिल सार्वजनिक गर्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले अपराधीलाई कारबाही गर्न आदेश पर्खेर नबस्न पनि सुझाएका छन्। उनले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न पनि सुझाएका छन्। भनेका छन्, ‘तपाईंले मलाई होइन...
नेपाल र पपुवा न्युगिनीबीचको खेलका १० तस्बिर
नेपाल र पपुवा न्युगिनीबीचको खेलका १० तस्बिर त्रिकोणात्मक टी–२० आई सिरिजको आजको खेलमा नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भएको छ। आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्‍यो। हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा...
पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित
पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ८५ रनको सानदार जित हासिल गरेको छ। हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा सबै...
मिटरब्याजीपीडितलाई भेटेर गृहमन्त्रीले भने: सहमति पूर्ण कार्यान्वयन हुन्छ, ढुक्क हुनुहोस्
मिटरब्याजीपीडितलाई भेटेर गृहमन्त्रीले भने: सहमति पूर्ण कार्यान्वयन हुन्छ, ढुक्क हुनुहोस् उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्। सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर लामिछानेले सहमति कार्यान्वय हुनेमा ढुक्क रहन आग्रह गरे। 
एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम
एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो। पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ को जित निकालेको थियो।
आजदेखि रमजान सुरु, एक महिनासम्म चल्ने
आजदेखि रमजान सुरु, एक महिनासम्म चल्ने इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने...
Weather Update