आजको प्रतिनिधिसभा बैठक ११ बजे, प्रधानमन्त्रीले विश्वासको मत लिने बुधबार, फागुन ३०, २०८०

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै बुधबार, फागुन ३०, २०८० त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। हङकङमा जारी प्रतियोगिता नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आजको तपाईंको दैनिकी कस्तो छ? हेर्नुहोस् राशिफल बुधबार, फागुन ३०, २०८० आज मिति २०८० फागुण ३० गते बुधबार। तदअनुसार १३ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसदको समर्थन जुटाए? मंगलबार, फागुन २९, २०८० नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा एकीकृत समाजवादीका १० गरी १५३ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने देखिएको छ। एमालेका एक सांसदको निधनपछि २७५ सदस्यीय प्रतिनिधि सभा अहिले २७४ सदस्यीय छ। कांग्रेसका एक सांसद भने ...

होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार मंगलबार, फागुन २९, २०८० जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डीएसपी अवाले बताए।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा मंगलबार, फागुन २९, २०८० सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा ९१० को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको...

वैदेशिक रोजगार विभागका नासु घुस लिएको रकमसहित पक्राउ मंगलबार, फागुन २९, २०८० अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वैदेशिक रोजगार विभागमा कार्यरत नासु लेखापाल प्रमोद निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो। सोही निवेदनका आधारमा टङ्गालमा टोली खटिएको थियो।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका सांसदलाई ‘ह्वीप’ मंगलबार, फागुन २९, २०८० नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ समेत जारी गरेको छ।

परिवारवादको ‘बिल्ला भिरेर’ सम्माननीय बनेका नारायणप्रसाद मंगलबार, फागुन २९, २०८० नारायणप्रसाद अब राष्ट्रिय सभाको अध्यक्ष बनेका छन्। राज्यका महत्त्वपूर्ण ६ वटा पदमध्ये २ वटा पद (प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष)मा दाहालका दाजु–भाइ पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुको एउटा कारण राष्ट्रिय सभाको अध्यक्ष पदलाई पनि लिने गरिन्छ। कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेका प्रचण्ड भाइ नारायणप्रसादलाई राष्ट्रिय सभाको अध्यक्ष...

नारायण दाहालले सम्हाले राष्ट्रियसभा अध्यक्षको पद मंगलबार, फागुन २९, २०८० नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन्।अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन्। माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो। उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन्।

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने मंगलबार, फागुन २९, २०८० जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

पर्व बिदा विवादरहित बनाउने तयारीमा सरकार मंगलबार, फागुन २९, २०८० यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको विषय भने विवादित बन्यो। ग्लाल्पो ल्होसार मनाउने शेर्पा समुदायले नै फागुन २८ गते ग्याल्पो ल्होसार नभएको विरोध जनाए। माघ २७ गते नै ग्याल्पो ल्होसार मनाइसकेको अवस्थामा सरकारले १ महिनापछि उक्त ल्होसार पर्ने भन्दै बिदा दिएकोप्रति उक्त समुदायका अगुवाहरुले...

यस्ता छन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरु मंगलबार, फागुन २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेपछि नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ। सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ।









