त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं— त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। हङकङमा जारी प्रतियोगिता नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले भने हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० ०६:१९