होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

काठमाडौं—धनुषाको जनकपुरधामस्थित सिटी स्टार फेमिली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ। उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको डीएसपी अवाले बताए।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी अवाले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० २०:२१













