जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
जसपाको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको छ।
जसपा प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा २ वटा मन्त्रीसहित सहभागी छ। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् भने नवलकिसोर साह सुडी वन तथा वातावरण मन्त्री छन्।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १८:१४