News Griha :: न्यूजगृह
आजको तपाईंको दैनिकी कस्तो छ? हेर्नुहोस् राशिफल

आज मिति २०८० फागुण ३० गते बुधबार। तदअनुसार १३ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
नियमित काम, उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त नहुन सक्छ। 
 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। पछिका लागि यात्राको अवसर जुट्न सक्छ।  नयाँ काम तथा उठ्नुपर्ने रकम रोकिन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
स्वास्थ्य कमजोर रहने समय छ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ।

राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०६:००
Weather Update