प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका सांसदलाई ‘ह्वीप’

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ समेत जारी गरेको छ।
भोलि बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्। विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका सांसद अरुण चौधरीले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १९:२८