News Griha :: न्यूजगृह
नारायण दाहालले सम्हाले राष्ट्रियसभा अध्यक्षको पद

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन्।

अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन्। माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ थियो। उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन्।

शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रियसभा अध्यक्षको पदभार सम्हाल्नुअघि उनले शहीद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:५९
Weather Update