News Griha :: न्यूजगृह
एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको टिम

काठमाडौं— स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आवद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
 
सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर बाहिरिएको हो। पहिलो लगेमा १-० ले पराजित भएको अल नासरले सोमबार रातिको दोस्रो लेगमा ४-३ को जित निकालेको थियो।

समग्रमा ३-३ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो। जसमा दुवै टिमले एक एक गोल गरेपछि नतिजा निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो।   अतिरिक्त समयमा दुवै टिमले १-१ गोल गरेपछि नासर ४-३ ले विजयी हुँदा खेल समग्रमा खेल ४-४ को अवस्थामा टुंग्एिको थियो। 

जसमा नासरका लागि रोनाल्डोलेमात्रै पेनाल्टीमा गोल गर्दा अरु खेलाडी असफल भएका थिए। अल एइनका सोउफिएन रहिमी, काकु र सुल्तान अल साम्सीले गरेको प्रहार गोलमा परिणत भएका थियो।  जितसँगै अल एइन सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:३१
Weather Update