News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगरौँ: बेदुराम भुसाल

काठमाडौं— राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दा राजनीतिक बहस नगर्न प्रस्ताव गरेका छन्। 

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा प्रस्तावित नारायण दाहालका पक्षमा समर्थन गर्दै भुसालले भने, ‘राष्ट्रिय सभा अध्यक्ष निर्वाचित गर्दा राजनीतिक बहस नगरौँ भन्ने लाग्छ। तर, म भन्दा अघि बोल्ने वक्ताले त्यस्तो बहस त गर्नुभयो । म त्यता जान्न। मैले समर्थन गर्ने व्यक्तिको बारेमा केही बोलेर समर्थन गर्छु।’

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:१९
Weather Update