कर्णाली पुलमा लागेको आगो नियन्त्रणमा, सल्केको थियो ट्रकबाट सोमबार, फागुन २८, २०८०

राप्रपाले सार्यो काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सोमबार, फागुन २८, २०८० पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। बैठकका निर्णय सार्वजनिक गर्दै उनले एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारिएको जानकारी दिएका हुन् ।

सत्ता गठबन्धनमा सहभागी नहुने राप्रपाको निर्णय, विपक्षमा मतदान गर्ने सोमबार, फागुन २८, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ।फागुन २६ देखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहिलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

नेपालगञ्जबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद, ८ जना पक्राउ सोमबार, फागुन २८, २०८० जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाइएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको हो। आइतबार ३९ लाख २० हजार रुपैयाँसहित बर्दियाका अनुप थारू, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए।

गठबन्धनमा कटिवद्ध रहन एकीकृत समाजवादीको आनाकानी सोमबार, फागुन २८, २०८० सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गरे मात्रै राष्ट्रिय सभा अध्यक्ष निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा सहयोग गर्न सकिने जनाएको छ।एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सर्त राखेको छ।

गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त सोमबार, फागुन २८, २०८० सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति सोमबार, फागुन २८, २०८० एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख...

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प सोमबार, फागुन २८, २०८० राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

२० हजार घुससहित असई र वरिष्ठ हवल्दार पक्राउ सोमबार, फागुन २८, २०८० गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

लाइटर बोकेको ट्रकमा आगलागी सोमबार, फागुन २८, २०८० कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगञ्जबाट धनगढी जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा आफैं आगो लागेको बर्दिया प्रहरी प्रमुख एसपी प्रविण धितालले बताए।

अझै नियन्त्रणमा आएन प्लाइउड उद्योगमा लागेको आगो, १२ घण्टा देखि सिंगो गाउँ त्रस्त सोमबार, फागुन २८, २०८० झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा आगलागी सुरु भएको १२ घण्टा पूरा हुँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन। भगवती लेमिनेट्स उद्योगमा सोमबार बिहान ५ बजे आगो लागेको थियो। आगलागीबाट उद्योगको एउटा सेडभित्र रहेको केही मेसिनसहितको कच्चा पदार्थ ध्वस्त भएको छ।

प्रदेश सभा उपनिर्वाचनमा रास्वपाले भाग नलिने सोमबार, फागुन २८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ मा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ।सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार सोमबार, फागुन २८, २०८० लललितपुर महानगरपालिका– १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आइतबार निधन भएको ललितपुर महानगरले जनाएको छ।









