News Griha :: न्यूजगृह
बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं— बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। 

अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:०६
Weather Update