News Griha :: न्यूजगृह
कर्णाली पुलमा लागेको आगो नियन्त्रणमा, सल्केको थियो ट्रकबाट

काठमाडौं— कैलालीको चिसापानीस्थित कर्णाली पुलमा ट्रकबाट सल्केको आगो नियन्त्रणमा आएको छ। सोमबार अपरान्ह करिब साढे ४ बजेतिर गुडिरहेको से ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको थियो।

ट्रकमा लागेको आगो पुलको लठ्ठामासमेत सल्किएको थियो। तर पुलको लठ्ठामा लागेको आगो दमकलको सहयोगले निभाइएको प्रहरीले जनाएको छ। तर ट्रकको आगो भने पूर्ण नियन्त्रणमा आएको छैन।

लाइटर बोकेको ट्रक भएकाले दमकलले निभाउने प्रयास गर्दा ग्यासका कारण आगो झनै सल्किरहेको प्रहरीले जनाएको छ। आगो पूर्ण रुपमा नियन्त्रणमा लिन नसकेपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन कर्णाली पुलबाट चल्न सकेका छैनन्। 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २०:१२
Weather Update