२० हजार घुससहित असई र वरिष्ठ हवल्दार पक्राउ

काठमाडौं— महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्माप्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।
जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुवैजनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
आइतबार साँझ साढे ५ बजे दुवैजनालाई गैरीटोलबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका प्रमुख रामबहादुर काम्बाङले जानकारी दिए।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १८:०१













