News Griha :: न्यूजगृह
बालुवाटार प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी?
बालुवाटार प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाले बताए। उनले भने, ‘नयाँ समीकरण पछि गठबन्धनमा धेरै कुरा मिलाउनुपर्नेछ । त्यही विषयमा केन्द्रित भएर उहाँहरु एक घण्टा जति छलफलमा बस्नुभएको थियो। यो गठबन्धन...
हतकडीसहित भागेका थुनुवा पक्रन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु 
हतकडीसहित भागेका थुनुवा पक्रन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु  जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी जवान सुबान चौधरीको मृत्यु भएको हो। हिरासतमा रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजाने क्रममा हतकडी सहित भागेका थिए। उनलाई पक्राउ गर्न दौडिएका प्रहरी जवान चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
साढे ४ करोड लागतमा ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने, चिरीबाबुले गरे शिलान्यास
साढे ४ करोड लागतमा ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने, चिरीबाबुले गरे शिलान्यास ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निर्माणकार्यको सोमबार शिलान्यास गरे। सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो। आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि...
कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ
कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका– ८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो। 
अझै नियन्त्रणमा आएन मेचीनगरको भगवती लेमिनेट्स उद्योगको आगोलागी
अझै नियन्त्रणमा आएन मेचीनगरको भगवती लेमिनेट्स उद्योगको आगोलागी मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज बिहान ५ बजेदेखि सुरु भएको आगलागी भएको छ। आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन।आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन्। मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार बिहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।...
प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल छु: उम्मेदवार शर्मा
प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल छु: उम्मेदवार शर्मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल...
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नदिन कांग्रेसको ह्वीप
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नदिन कांग्रेसको ह्वीप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।
राष्ट्रिय सभाको उम्मेदवारी दर्तापछि नारायण दाहाल भन्छन्: प्रचण्डको भाइ भनेर आएका प्रतिक्रियाले मेरो कानै पाकिसक्यो
राष्ट्रिय सभाको उम्मेदवारी दर्तापछि नारायण दाहाल भन्छन्: प्रचण्डको भाइ भनेर आएका प्रतिक्रियाले मेरो कानै पाकिसक्यो राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता पछि तपाईंलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएकै कारण यो अवसर आएको हो भन्ने प्रश्नले विगतदेखि नै आफ्नै कानै पाकेको र जवाफ...
राष्ट्रिय सभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी
राष्ट्रिय सभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी राष्ट्रिय सभाको रिक्त अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ। दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् भने शर्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन्। सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका...
बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु
बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ। फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार...
जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन पालिकाको निर्देशन
जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन पालिकाको निर्देशन गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो। नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो...
लगातार बढेको सुनको मूल्य आज स्थिर
लगातार बढेको सुनको मूल्य आज स्थिर नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ। पछिल्लो दिनमा सुनको मूल्य बढ्दै रेकर्ड कायम राखेको सुनको मूल्य आज पनि हिजोको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
Weather Update