News Griha :: न्यूजगृह
उपनिर्वाचनको टिकट लिन एमालेमा दौडधुप, ६ जनाको दावी
उपनिर्वाचनको टिकट लिन एमालेमा दौडधुप, ६ जनाको दावी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न एमालेका ६ जनाले दाबी गरेका छन्।उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो।दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन्।
राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने
राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्। आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्वाराहीमा श्रेष्ठमाथि आक्रमणको घटना भएको थियो। घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएका भएको भन्दै...
हँसिया प्रहार गरि सिरहामा महिलाको हत्या, श्रीमान पक्राउ 
हँसिया प्रहार गरि सिरहामा महिलाको हत्या, श्रीमान पक्राउ  आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो। उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए। श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटलाई अग्राधिकार
चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटलाई अग्राधिकार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले विषयको गाम्भीर्यता लाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेसी तोक्न आदेश गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष: कांग्रेस भर्सेज गठबन्धन, कस्तो छ अङ्कगणित  
राष्ट्रिय सभा अध्यक्ष: कांग्रेस भर्सेज गठबन्धन, कस्तो छ अङ्कगणित   फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ। संघीय संसद् सचिवालयले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ। नेकपा माओवादी केन्द्रले नेता नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ। त्यस्तै, नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस संसदीय दलका बैठकले लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। 
राष्ट्रिय सभा अध्यक्षमा माओवादीबाट नारायणप्रसाद दाहाल उम्मेदवार
राष्ट्रिय सभा अध्यक्षमा माओवादीबाट नारायणप्रसाद दाहाल उम्मेदवार नेकपा माओवादी केन्द्रले नेता नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ।
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन कार्यतालिका सार्वजनिक संघीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ।पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने...
सांसद दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत 
सांसद दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत  सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
अब कसैले चुनाव अघिको गठबन्धन कल्पना गर्न सक्दैनन्: गगन थापा
अब कसैले चुनाव अघिको गठबन्धन कल्पना गर्न सक्दैनन्: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन्। आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको बताए। माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले...
‘पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप खड्का
‘पुजार सार्की’को मैतबहादुर लुक्समा प्रदीप खड्का अभिनेता प्रदीप खड्काको आइतबार परेको जन्मदिनको अवसर पारेर फिल्म ‘पुजार सार्की’मा रहेको उनको ‘मैतबहादुर’ लुक्स सार्वजनिक गरिएको छ। आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत फिल्म हाल छायांकन भइरहेको छ। 
Weather Update