चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटलाई अग्राधिकार

काठमाडौं— चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले विषयको गाम्भीर्यता लाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेसी तोक्न आदेश गरेको छ।
प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय लगायतलाई विपक्षी बनाइ दुई वटा रिट दायर गरेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० २०:२७