यसरी सुरु भयो मिथिला माध्यमिक परिक्रमा [तस्बिरहरू] आइतबार, फागुन २७, २०८०

प्रचण्डको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री चार, वरीयतामा उपेन्द्रभन्दा रवि अगाडि आइतबार, फागुन २७, २०८० प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलको उपप्रधानमन्त्रीमा पहिलो वरीयताक्रममा एमाले सचिव रघुवीर महासेठ छन्। उनले उपप्रधान एवमं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै दोस्रो वरीयताक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। उनले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। तेस्रो वरीयतामा भने रास्वपाका सभापित रवि लामिछाने छन्। उनले...

एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने आइतबार, फागुन २७, २०८० नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ। पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री भन्छन्: एनसीसी मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर आइतबार, फागुन २७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ (एनसीसी) कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्।

जसपाबाट २ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार, उपेन्द्र बने अन्तिम वरीयताको उपप्रधानमन्त्री आइतबार, फागुन २७, २०८० जनता समाजवादी पार्टीका २ जना नेतालाई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। यस्तै, नेता नवलकिसोर साह सुडी वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। नवनियुक्त उपप्रधानमन्त्री यादव र मन्त्री साहले आइतबार राष्ट्रपति रामचन्द्र...
-1710051771.png)
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल आइतबार, फागुन २७, २०८० त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ। आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ। नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए। चार ओभरको खेल सकिँदा हङकङले १...

‘लिम्बुवान किरात’ प्रदेश नामकरणको प्रस्ताव आइतबार, फागुन २७, २०८० किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ।इलाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो। सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिहासिक थातथलो, इतिहासका अनेकौं सांस्कृतिक महत्वका विषय विकासका नाममा नष्ट गरिँदै गएकामा समीक्षा...

प्रचण्डका लागि ठाउँ खाली गरेका बाबुराम भट्टराई २०८४ मा गोरखा–२ बाट चुनाव लड्ने आइतबार, फागुन २७, २०८० नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी संसदीय निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने निर्णय गरेका छन्। भट्टराईनिकट नेसपाका नेता विश्वदीप पाण्डेले आगामी चुनावमा गोरखा–२ बाट भट्टराई उम्मेदवार हुने बताएका छन्।

त्रिकोणात्मक टी–२० आई सिरिज: नेपालले हङकङविरुद्ध फिल्डिङ गर्दै आइतबार, फागुन २७, २०८० नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्दैछ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो। शनिबार हङकङसँग फ्रेन्डसिप म्याच खेलेको नेपाल ७३ रनले पराजित भएको थियो।
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार १ हजारले बढ्यो आइतबार, फागुन २७, २०८० विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो।

४ राउन्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ आइतबार, फागुन २७, २०८० सर्लाहीको बागमती नगरपालिका– १० बाट प्रहरीले ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–१ का २१ वर्षीय पोषण महरा राम र बागमती नगरपालिका–८ का वर्ष २४ को रञ्जित राम छन्।

जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे आइतबार, फागुन २७, २०८० जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दैछन्। जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन्।

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह आइतबार, फागुन २७, २०८० कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ। विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो। सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको...


![यसरी सुरु भयो मिथिला माध्यमिक परिक्रमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Mithila_Parikrama-(2)-1710057143.jpg)






