News Griha :: न्यूजगृह
कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला
कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए।
रेशम चौधरीले भने- सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन्
रेशम चौधरीले भने- सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरू फिर्ता नहुने बताएका छन्।शनिबार बुटवलमा नेता चौधरीले पत्रकारहरूसँग मन्त्रीहरू फिर्ता नहुने जिकिर गरे। उनले पार्टीभित्र अध्यक्ष पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र आफूबीच कुनै असमझदारी नरहेकोको दाबी गरे।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल गर्ने
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे छलफल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सोमबार केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो।
व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले कमजोरी स्विकार्दै गरिन् आत्मालोचना
व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले कमजोरी स्विकार्दै गरिन् आत्मालोचना साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। सामाजिक सञ्जाल मार्फत उनले सांगीतिक कार्यक्रमको सिलसिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो  स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी हुन्।
व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली
व्यवस्था र अवस्था दुवैमा परिवर्तन आएको छ : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन्।शनिबार ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘सङ्घर्षशील योद्धाहरू’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरे। 
भारतले जित्यो इङ्ल्याण्डविरुद्धको टेस्ट शृंखला
भारतले जित्यो इङ्ल्याण्डविरुद्धको टेस्ट शृंखला भारतका गीलले ११०, शर्माले १०३ रनको शतकीय पारि खेले। यसैगरी जैसवालले ५७ रन बनाउँदा पडिकलले ६५ तथा खानले ५६ रन बनाए। इङ्ग्ल्याण्डका सोएब बसिरले सर्वाधिक पाँच विकेट लिए। जितसँगै भारत आईसीसी टेस्ट च्याम्पियनसिपको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। भारतले ३ सिरिजका ९ म्याच खेल्दा ६ मा जित र २ मा...
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको बुझिएको छ। सत्ता गठबन्धनको नयाँ छयाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरूलाई सहमत गराएको माओवादी केन्द्र सम्बद्ध समाचार सूत्रले बताएको छ।प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादी निकट विश्वस्त सूत्रले बताएको छ।...
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ।घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो। नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ काभ्रेमा कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो
२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेसको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ। आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक/एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन्। ति स्थानको उपनिर्वाचनको मिति तोक्न ढिलाइ भएको छ।...
सिरहामा महिलाको हत्या, श्रीमान् घाइते
सिरहामा महिलाको हत्या, श्रीमान् घाइते उनका अनुसार मृतकको अनुहारमा ढुङ्गाले हिर्काएको चोट देखिएको छ। सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो। मृतक अनिताका पतिसमेत घाइते छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको संयुक्त बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए।
Weather Update