व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले कमजोरी स्विकार्दै गरिन् आत्मालोचना

काठमाडौं—साउण्ड सिस्टम व्यवसायीको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्।
सामाजिक सञ्जाल मार्फत उनले सांगीतिक कार्यक्रमको सिलसिलामा सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने आफ्नो स्वभावलाई आफ्नो कमजोरीका रुपमा स्वीकार गर्दै आगामी दिनमा यस्ता कमीकमजोरीप्रति आफू सचेत रहने बताएकी हुन्।
गत फागुन २० गते साँझ पर्वत सदरमुकाम कुश्मा बजारमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू राख्दै थिइन्। ध्वनिको विषयलाई लिएर प्राविधिकहरूसँग केही भनाभन भएको थियो। त्यसपछि एलिना चौहानले माफी नमागेसम्म उनी सहभागि हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीले विज्ञप्ति मार्फत चेतावनी दिएका थिए।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० १८:१७