News Griha :: न्यूजगृह
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

काठमाडौं— त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ।
 
Hongkong-(2)-1710051771.png
आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ। नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए।
 
Hongkong-(1)-1710051772.png
चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ । जारी खेलमा पानी परेपछि खेल रोकिएको हो । 

आजदेखि सुरु भएको नेपाल,पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३  तारिखमा । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टी—२० खेल खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:०८
Weather Update