News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी–२० आई सिरिज: नेपालले हङकङविरुद्ध फिल्डिङ गर्दै 

काठमाडौं— नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्दैछ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो। शनिबार हङकङसँग फ्रेन्डसिप म्याच खेलेको नेपाल ७३ रनले पराजित भएको थियो। 

सिरिजमा नेपालसहित पपुवा न्युगिनी र हङकङ छन्। नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाइका खेलाडी विना नै हङकङ पुगेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:१६
Weather Update