News Griha :: न्यूजगृह
४ राउन्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ
प्रतीकात्मक तस्बिर।

काठमाडौं— सर्लाहीको बागमती नगरपालिका– १० बाट प्रहरीले ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–१ का २१ वर्षीय पोषण महरा राम र बागमती नगरपालिका–८ का वर्ष २४ को रञ्जित राम छन्।

अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकललाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए। 

उनका अनुसार २१ वर्षीय पोषणको  साथबाट ८ एमएम को ४  राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका–८ बस्ने रञ्जितको संलग्नता खुलेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १०:२७
Weather Update