News Griha :: न्यूजगृह
लाइटर बोकेको ट्रकमा आगलागी

काठमाडौं— कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। वीरगञ्जबाट धनगढी जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा आफैं आगो लागेको बर्दिया प्रहरी प्रमुख एसपी प्रविण धितालले बताए।

आगो नियन्त्रणका लागि दमकल घटनास्थल पुगेको छ।

अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:५२
Weather Update