News Griha :: न्यूजगृह
पपुवा न्युगिनीविरुद्ध नेपालको सानदार जित

काठमाडौं— नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ८५ रनको सानदार जित हासिल गरेको छ। 

हङकङको मोगं कोगं क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको पपुवा न्युगिनी १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा सीमित भयो।
 
पपुवा न्युगिनीका हिरी हिरीले २८ रन, सेसे बाउले २१, टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन जोड्न बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। 

नेपालका लागि ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकीय पारी खेले। कुशलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए। सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन जोडे। 

टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक हो। नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए। लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए।

विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलसन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे। पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १९१ विकेट लिए। 

यो जितसँगै नेपालले फाइनल यात्रा तय गरेको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:०१
Weather Update