News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले इलाममा झलनाथलाई तोक्यो चुनावी कमान्डर
एकीकृत समाजवादीले इलाममा झलनाथलाई तोक्यो चुनावी कमान्डर नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ।प्रतिनिधि सभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकेको हो।
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत: गृहमन्त्री लामिछाने  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सडक यातायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्रपङ्तिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन...
बलिउड अभिनेता सलमानको घरबाहिर गोली चल्यो
बलिउड अभिनेता सलमानको घरबाहिर गोली चल्यो आइतबार बिहान ५ बजे तिर मोटरसाइकलमा आएका २ जनाले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउन्ड हवाई फायरिङ् गरेर फरार भएका छन्। यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह
नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने संकल्पका साथ २०८१ को नयाँ शैक्षिक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलरको एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसाका दरले कारोबार भइरहेको छ।त्यस्तै, युरोको विनिमय मूल्य एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६...
काठमाडौंका सार्वजनिक स्थानमा मौलिक भित्ते चित्र
काठमाडौंका सार्वजनिक स्थानमा मौलिक भित्ते चित्र काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरूमा यतिबेला कलात्मक चित्र कोरिन थालेका छन्। महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्र लेखन कार्य सुरु गरेको हो। महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो। सम्झौता बमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठानले गरेको...
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा लुटन टाउनमाथि ५-१ गोलको जित निकाल्दै सिटी शीर्ष स्थानमा पुगेको हो।
आईपीएलमा आज दुई खेल हुँदै
आईपीएलमा आज दुई खेल हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ। कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि हुँदै छ। अहिलेसम्म कोलकाताले ४ खेलमा जित हासिल गरेको छ भने एक...
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै छ। कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बिहान ७:३० बजे र संसदीय दलको बैठक आजै बिहान ८:०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ। 
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अधिकारीको भनाइ छ। 
सुदूरपश्चिममा सरकार गठनको समय सकिँदै, नाउपाले दाबी पेस गर्ने
सुदूरपश्चिममा सरकार गठनको समय सकिँदै, नाउपाले दाबी पेस गर्ने सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय आइतबार सकिँदैछ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
इजरायलमाथि इरानको ड्रोन आक्रमण
इजरायलमाथि इरानको ड्रोन आक्रमण १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत थिए। त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो।
Weather Update