News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि हुँदै छ। अहिलेसम्म कोलकाताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ। त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ।

Prabhu Bank

त्यसैगरी आज दोस्रो खेल मुम्बई इण्डियन्स् र चेन्नई सुपरकिंग्सबीच हुँदै छ। मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७: ४५ बजेदेखि शुरु हुनेछ।

जारी आईपीएलमा मुम्बई इण्डियन्स्ले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ। शुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ। 

त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:४१
Weather Update