News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काठमाडौंका सार्वजनिक स्थानमा मौलिक भित्ते चित्र
तस्बिरहरू : नेपाल न्यूज बैंक

काठमाडौं— काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक पर्खालका भित्ताहरूमा यतिबेला कलात्मक चित्र कोरिन थालेका छन्। महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भित्ते चित्र लेखन कार्य सुरु गरेको हो। 

महानगरले यसका लागि २०८० फागुन १७ गते नै सम्झौता गरेर कार्य अगाडि बढाएको हो। सम्झौता बमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो। 

Prabhu Bank

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनीमार्गका भित्ताहरू, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरू लगायतका स्थानमा मौलिक कला र संस्कृति झल्किने खालका आकर्षक चित्र कोरिने महानगरले जनाएको छ। जसले शहरी सौन्दर्यता लाई बढवा दिने छ। 

wall_painting_1-1713063636.jpg
चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा बिम्बित हुने चित्र कोरिनेछन्। मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, वादन, काठमाडौं चिनिने भौतिक सम्पदा लगायतका आकृति हुने प्रतिष्ठानले जनाएको छ। 

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ। चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिई अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्न महानगरपालिकाले नागरिकलाई आग्रह समेत गरेको छ।  

wall_painting-1713063637.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:४६
Weather Update