राजस्थानले पञ्जाबलाई ३ विकेटले हरायो आइतबार, वैशाख २, २०८१

हिउँदे अधिवेशनको अन्तिम बैठक आज, कांग्रेसले अवरोध गर्ने आइतबार, वैशाख २, २०८१ संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ।गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले...

मौसमः तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा हुने आइतबार, वैशाख २, २०८१ कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ...

चैत्र मसान्तसम्म पुँजीगत खर्च ३२ प्रतिशत आइतबार, वैशाख २, २०८१ चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको हो।

चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियोः दीपेन्द्र शनिबार, वैशाख १, २०८१ एकै ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्र सिंह ऐरी कतार विरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन्। २१ बलमा अविजित ६४ रन बनाएका दीपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए। दीपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन्।

इलाममा मदिरा बिक्री–वितरणमा रोक शनिबार, वैशाख १, २०८१ इलाममा मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो। जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकिन्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी शनिबार, वैशाख १, २०८१ ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन्। दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन्। दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका...

एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित शनिबार, वैशाख १, २०८१ एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।

उपनिर्वाचनः इलाम २ मा मतदाता फकाउँदै उम्मेदवार शनिबार, वैशाख १, २०८१ इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरूले सक्रियता बढाएका छन्।

दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का शनिबार, वैशाख १, २०८१ दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

काठमाडौंमा स्कुटर दुर्घटना, एकको मृत्यु शनिबार, वैशाख १, २०८१ काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनिभैरव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

कांग्रेसले बोलायो संसदीय दलको बैठक शनिबार, वैशाख १, २०८१ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभा बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ७ बजे र लगत्तै संसदीय दलको बैठक बोलाएका हुन्।

सिड्नीमा चक्कु प्रहार गरी ५ जनाको हत्या शनिबार, वैशाख १, २०८१ अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ।चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।









