News Griha :: न्यूजगृह
राजस्थानले पञ्जाबलाई ३ विकेटले हरायो

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ। र, तालिकाको शीर्षमा कायम छ। 

एक सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। टोलीका लागि यसस्वी जैसवालले सर्वाधिक ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाएका थिए। सिमरोन हेटमेरले नटआउट २७ रन बनाए। 

पन्जाबका लागि कागिसो राबडा र साम करनले समान २ विकेट तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। टोलीका लागि आशुतोष शर्माले सर्वाधिक ३१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन। राजस्थानका लागि अभेश खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजवेन्द्र चाहालले समान १ गोल गरेका थिए।

६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानको कोलकाता नाइट राइडर्ससहित ५ टोलीको समान ६ अंक छ। ४ अंकसहित पन्जाब आठौं स्थानमा छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०६:२४
Weather Update