नयाँ वर्ष शुभारम्भ, २०८१ साल उल्लासमय बनोस् शुभकामना! शनिबार, वैशाख १, २०८१

भाइको हत्या गरेर फरार दाजु ९ वर्षपछि पक्राउ शुक्रबार, चैत ३०, २०८० शीतगङ्गा नगरपालिका-१२ रजियाका राजन भुसालको हत्या गरेको आरोपमा उनकै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो। ९ वर्षअघि भाइ राजनको हत्या गरेर जनकराज फरार थिए।

ठमेल र दरबारमार्गपछि नयाँ बसपार्क पनि चौबीसै घण्टा खुलाउने तयारी शुक्रबार, चैत ३०, २०८० काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताएका छन्।मित्रनगर विकास तथा सुधार समितिले शुक्रबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा उनले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताएका हुन्।

कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने शुक्रबार, चैत ३०, २०८० कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन्। नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए।

आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति तोडफोड भए सरकारले बिल पठाउने शुक्रबार, चैत ३०, २०८० उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्ति तोडफोडको क्षतिपुर्ती भराउने बताएका छन्।उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको भन्दै आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिको तोडफोड गर्न भने नपाइने बताए।

माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो शुक्रबार, चैत ३०, २०८० काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिए। काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो।

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात शुक्रबार, चैत ३०, २०८० एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छँदा पूरा गर्यो। नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ शेखले ३२ रन...

नौ महिनामा १० हजार ४९ व्यक्ति हराए, ६ हजार ४२ जना भेटिए शुक्रबार, चैत ३०, २०८० बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा व्यक्तिहरू हराउने गरेका छन्। घरपरिवारबाट अचानक सम्पर्कविहीन हुने गरेका छन्। जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन्।

कलंकी भाटभटेनीमा लागेको आगलागी नियन्त्रणमा शुक्रबार, चैत ३०, २०८० कलङ्कीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। शुक्रबार साँझतिर भाटभटेनीको मुख्य भवन छेउमा रहेको जेनरेटर कक्षमा आगलागी भएको थियो। आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन्।

ग्रामीण विकास बैंकका कर्मचारी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रबार, चैत ३०, २०८० हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

कलंकीस्थित भाटभटेनीमा आगलागी शुक्रबार, चैत ३०, २०८० काठमाडौंको कलङ्कीस्थित भाटभटेनी भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ।शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ। घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको छ।

एसीसी प्रिमियर कप: १४४ रनको लक्ष्य पाएको नेपाल जबाफी ब्याटिङमा शुक्रबार, चैत ३०, २०८० स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ। अल अमरेत क्रिकेट मैदान-१ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो।

मेलम्ची पर्खंदै बित्यो उपत्यकावासीको आधा वर्ष शुक्रबार, चैत ३०, २०८० गत साता मन्त्रालयले आयोजना गरेको खानेपानीको दिगो व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै प्रतिनिधिसभा सदस्य तथा अन्य सरोकारवालाले खानेपानीका लागि मेलम्चीबाहेक अन्य विकल्प पनि खोजी गरिनुपर्नेमा जोड दिए।खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौंमा बढ्दो जनसङ्ख्यासँगै मेलम्ची खानेपानीले आवश्यकता अनुसारको माग पूरा गर्न नसक्ने भन्दै अन्य वैकल्पिक स्रोतको विषयमा...









