प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्री असन्तुष्ट शुक्रबार, चैत ३०, २०८०

सत्यनिरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन शुक्रबार, चैत ३०, २०८० सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो।

सुन्तला अब राष्ट्रिय फल शुक्रबार, चैत ३०, २०८० शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
![एसीसी प्रिमियर कप: नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै [हेर्नुहोस् लाइभ]](https://newsgriha.com/uploads/posts/nepal_vs_malasiya-1712918441.jpeg)
एसीसी प्रिमियर कप: नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै [हेर्नुहोस् लाइभ] शुक्रबार, चैत ३०, २०८० नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ।ओमानको अल अमरेत मैदानमा- १ मा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्।

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत शुक्रबार, चैत ३०, २०८० मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन पाएका हुन्।

राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस, को हुन् शाक्य ? शुक्रबार, चैत ३०, २०८० सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ शुक्रबार बैठकपछि शर्माले भनिन्।शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्।

संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, चैत ३०, २०८० संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

डेढ सय निजामती कर्मचारीसँग विदेशको पीआर, संसदीय समितिमा उजुरी शुक्रबार, चैत ३०, २०८० निजामती सेवाका डेढ सय कर्मचारीले विदेशको स्थायी बसोबास (पीआर) लिएको दाबीका साथ एक जना सहसचिवले उनीहरूमाथि कानुन कारवाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन्।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढ सय कर्मचारीको नामनामेसी खुलासा गर्ने अठोट पनि गरिएको सम्बद्ध समाचार...

गृहको सर्कुलर- धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्नु शुक्रबार, चैत ३०, २०८० धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ।चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरिएको गृह स्रोतले बतायो।

प्राधिकरणले बिजुली काटेपछि ललितपुर मालपोतले तिर्यो बक्यौता शुक्रबार, चैत ३०, २०८० नेपाल विद्युत् प्राधिकरणले ललितपुर मालपोत कार्यालयको बिजुली काटेको छ।विद्युत महशुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले शुक्रबार बिहान लाइन काटेको हो।'केहीबेर काटेका हौं। फेरि जोडीसक्यौँ,' प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले भने।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी? शुक्रबार, चैत ३०, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशन लगायतका विषयमा छलफल भएको जनाइएको छ।सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक चल्न नसकेको बताए।

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत शुक्रबार, चैत ३०, २०८० केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने बताए।

नाउपाका प्रदेश सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित शुक्रबार, चैत ३०, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन्।









