एसीसी प्रिमियर कप
एसीसी प्रिमियर कप: नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै [हेर्नुहोस् लाइभ]
![एसीसी प्रिमियर कप: नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै [हेर्नुहोस् लाइभ]](https://newsgriha.com/uploads/posts/nepal_vs_malasiya-1712918441.jpeg)
काठमाडौं — नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ।
ओमानको अल अमरेत मैदानमा- १ मा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्।
उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा ओमान, यूएई, कम्बोडिया, बहराइन र कुवेत छन्।
प्रतियोगिता विजेताले टी-२० विश्वकपपछि हुने टी-२० एसिया कप खेल्न पाउनेछ।
हेर्नुहोस् लाइभ:
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० १६:२६