News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियोः दीपेन्द्र

काठमाडौं— एकै ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्र सिंह ऐरी कतार विरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन्।  

२१ बलमा अविजित ६४ रन बनाएका दीपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए। दीपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन्। 

Prabhu Bank

दीपेन्द्रले टिम र प्रशिक्षकले आफूलाई सपोर्ट गरिरहेकै कारणले आफुले राम्रो खेलिरहेको बताएका छन्।

दीपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए। दीपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङ्ल्याण्डविरुद्ध २००७ मा र वेस्टइन्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २०:४७
Weather Update