News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सिड्नीमा चक्कु प्रहार गरी ५ जनाको हत्या

काठमाडौं— अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ।

चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

Prabhu Bank

व्यस्त वेस्टफिल्ड बोन्डी जक्सन सपिङ सेन्टरमा नौ जनासँग इन्गेजमेन्ट गरेपछि आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ ।

‘त्यहाँ पाँच जना पीडित छन् जो यस आपराधिक कार्यको परिणामस्वरूप मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक आयुक्त एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, व्यस्त मलमा किनमेलमा मग्न रहेका मानिसहरूमाथि चक्कु आक्रमण गरिएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:५२
Weather Update