News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

काठमाडौं— दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

दीपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दीपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।

Prabhu Bank

टी-२० अन्तर्राष्ट्र क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङ्ल्याण्डविरुद्ध २००७ मा र वेस्टइन्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । 

नेपालले यस खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ। नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १८:३२
Weather Update