News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
bbc

काठमाडौं— म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा लुटन टाउनमाथि ५-१ गोलको जित निकाल्दै सिटी शीर्ष स्थानमा पुगेको हो।

सिटीले आत्मघाती गोलको साहाराले अग्रता लियो। लुटनका हाशिओकाले दोस्रो मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा सिटीलाई फाइदा पुग्यो। जसका कारण सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो।

Prabhu Bank

दोस्रो हाफमा सिटीका लागि कोभाकिक, हाल्यान्ड, डोकु र जिभार्डिओलले गोल गरे। जितसँगै सिटीले ३२ खेलबाट ७३ अंक जोडेको छ।

३१ खेलबाट ७१-७१ अंक जोडेका आर्सनल र लिभरपुल दोस्रो र तेस्रो स्थानमा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:३७
Weather Update