जसपाका पूर्व सांसद प्रमोद साहमाथि मध्यराति आक्रमण सोमबार, वैशाख ३, २०८१

विश्वदीपले छाडे बाबुरामको साथ, प्रचण्डले गरे स्वागत सोमबार, वैशाख ३, २०८१ डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान माओवादी केन्द्रमा स्वागत गरेका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सोमबार, वैशाख ३, २०८१ नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य ७ सयले वृद्धि भइ १ लाख ३७ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
-1713160638.jpg)
राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन सोमबार, वैशाख ३, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको आन्दोलनमा घाइते भएका नेता ठाकुरप्रसाद डाँगीको निधन भएको छ। उनको उपचारको क्रममा सोमबार सैनिक अस्पताल छाउनीमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए।

६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त सोमबार, वैशाख ३, २०८१ छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ। हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजराइलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ। हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने...

अफगानिस्तान र पाकिस्तानमा चट्याङसहित भारी वर्षा, ५७ जनाको मृत्यु सोमबार, वैशाख ३, २०८१ अफगानिस्तान र पाकिस्तानमा चट्याङसहित भारी वर्षाका कारण ५७ जनाको मृत्यु भएको छ। योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ।

सर्प भन्दा विषालु चरा, जसलाई छोए मात्रै पनि मृत्यु हुन सक्छ सोमबार, वैशाख ३, २०८१ हुड भएको पिटोहुई मुख्यतया पपुवा न्यू गिनीमा पाइन्छ। स्थानीय मानिसहरूले यो चरालाई फोहोर वा फोहोर चरा पनि भन्ने गर्छन्। यसको पछाडिको कारण यो चरा विषालु छ। बर्डस्पटको रिपोर्ट अनुसार सन् १९९० सम्म यो चरा विषालु भएको कुनै खास जानकारी थिएन। सन् १९९० मा पहिलो पटक क्यालिफोर्निया एकेडेमी अफ साइन्सेसका इकोलोजिस्ट...

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै, प्रधानमन्त्री पुग्दै सोमबार, वैशाख ३, २०८१ मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ (छिचोलिने) भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साढे १२ बजे सुरुङमार्गको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ।...

इलाम-२ मा बुधबार एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने सोमबार, वैशाख ३, २०८१ नेकपा एमाले र माओवादी केन्द्रले इलाम– २ मा बुधबार (वैशाख ५ गते) संयुक्त सभा गर्ने भएका छन्। देउमाई नगरपालिका मङ्गलबारेमा सभा आयोजना गर्न लागिएको इलाम एमालेका उपाध्यक्ष उदय राईले जानकारी दिए। उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी हुने कार्यक्रम छ। सभामा एमाले अध्यक्ष केपी ओली, उपप्रधान...

सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुन तरकारी कतिमा हुँदैछ किनमेल? सोमबार, वैशाख ३, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १६०, नेपाली मेवा ८० चुकन्दर ६० र आभोकाडो ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सलमान खानको घरमा गोली चलाउनेको तस्बिर सार्वजनिक, मोटरसाइकल पनि फेला पर्यो सोमबार, वैशाख ३, २०८१ सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए। शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन्। हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ। गोली चलाउनेहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।

इजरायल माथि हमला गरेकोमा इरानी संसद्मा उत्सव, तत्काल थप हमला नगर्ने सोमबार, वैशाख ३, २०८१ आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ। इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्ध सुरु भएको हो। यति मात्र होइन, इरानले इजरायल माथि आक्रमण गरे पछि इरानी संसद्मा पनि उत्सव मनाइएको थियो भने इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

इजरायलमा नेपाली सुरक्षित छन्?, दूतावास के भन्छ? सोमबार, वैशाख ३, २०८१ इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको दाबी गरेको छ। नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको दूतावासले बताएको छ। दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो।









