News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। 

सोमबार प्रतितोला छापावाला सुनको मूल्य ७ सयले वृद्धि भइ १ लाख ३७ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Prabhu Bank

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ३६ हजार ८ सय ५० रहेको छ।  

२०८० सालको अन्तिम कारोबार दिन गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रहेको थियो। शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार कायम भएको थियो। 

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार ७ सयमा कारोबार भएको चाँदीको मूल्य आज वृद्धि भइ १ हजार ७ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:५५
Weather Update