News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इजरायलमा नेपाली सुरक्षित छन्?, दूतावास  के भन्छ?

काठमाडौं— इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको दाबी गरेको छ। नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको दूतावासले बताएको छ। दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो।

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल अवस्थामा रहुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Prabhu Bank

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ। यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ।

सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ।

यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने विपिन जोशी अझै बेपत्ता छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:५८
Weather Update