News Griha :: न्यूजगृह
इलाम-२ मा बुधबार एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने
फाइल तस्बिर।

काठमाडौं—  नेकपा एमाले र माओवादी केन्द्रले इलाम– २ मा बुधबार (वैशाख ५ गते) संयुक्त सभा गर्ने भएका छन्। 

देउमाई नगरपालिका मङ्गलबारेमा सभा आयोजना गर्न लागिएको इलाम एमालेका उपाध्यक्ष उदय राईले जानकारी दिए। उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्षस्थ नेताहरू सहभागी हुने कार्यक्रम छ। 

सभामा एमाले अध्यक्ष केपी ओली, उपप्रधान एव भौतिकमन्त्री रघुवीर महासेठ लगायतका नेताहरू पुग्ने कार्यक्रम तय भएको स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्। एमालेले तुम्बाहाम्फेलाई इलामको चुनावी कमान्डर बनाएको छ। उनी गएको चैत २२ गतेदेखि लगातार इलाममै छिन्।

सोही सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत लाने तयारी थियो। तर प्रचण्ड सहभागी हुने वा नहुनेबारे तय भइसकेको छैन। आगामी १५ वैशाखमा इलाम–२ मा उपनिर्वाचन हुँदैछ।

इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:०२
Weather Update