News Griha :: न्यूजगृह
राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको आन्दोलनमा घाइते भएका नेता ठाकुरप्रसाद डाँगीको निधन भएको छ। उनको उपचारको क्रममा सोमबार सैनिक अस्पताल छाउनीमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए। 

‘उहाँको उपचारको क्रममा सैनिक अस्पताल छाउनीमा निधन भएको हो,’ श्रेष्ठले भने। उनी गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका थिए। 

उनी बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष रहेका थिए। 

उच्च रक्तचाप र प्रहरीको अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनको पार्थिव शरीरअन्तिम श्रद्धाञ्जलीका लागि १२ बजे केन्द्रीय कार्यालय चावहिलमा राखिने प्रवक्ता श्रेष्ठले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:४०
Weather Update