लिभरपुल पछि आर्सनलको पनि हार, म्यानचेस्टर सिटीलाई फाइदा सोमबार, वैशाख ३, २०८१

आईपीएल: रोहितले नटआउट शतक बनाउँदा पनि चेन्नईसँग हार्यो मुम्बई सोमबार, वैशाख ३, २०८१ रोहित र ईशान शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुत सुरुवात गरेका थिए। ईशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो। सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक बर्माले ३१ रन जोड्दै टोलीलाई केही आशा दिलाए। तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसकेपछि पराजित भयो।

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै सोमबार, वैशाख ३, २०८१ त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ। प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ। यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुने छ। अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई...

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा र हावाहुरी सोमबार, वैशाख ३, २०८१ विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

बिना अक्सिजन अस्ट्रेलियन आरोहीले गरिन् अन्नपूर्ण हिमालको आरोहण आइतबार, वैशाख २, २०८१ अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन्। आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन्। सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको...

कुख्यात अपराधी शेख नुरुल्लाह रौतहटबाट पक्राउ आइतबार, वैशाख २, २०८१ रौतहट प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार पत्रकार सम्मेलन गरि रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरेको हो।

माटोको ढिस्कोमा पुरिँदा दुई जना बालकको मृत्यु आइतबार, वैशाख २, २०८१ दाङको घोराहीमा माटोको ढिस्कोले पुरिँदा दुई जना बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मटियाका १२ वर्षीय माधव चौधरी र आशिष चौधरीको आइतबार दिउँसो खेल्ने क्रममा माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार बबई नदी किनारमा खेल्न गएका चार बालक मध्ये तीन...

लखनउलाई हराउँदै कोलकाताको चौथो जित आइतबार, वैशाख २, २०८१ १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ रनमा नट आउट रहे। श्रेयस ऐर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे। सुनिल नारायण ६ रनमा आउट भएका थिए। लखनउका मोहसिन खानले २ विकेट लिए।

सुदूरपश्चिम: नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबी, अब के हुन्छ? आइतबार, वैशाख २, २०८१ लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। लक्ष्मणकिशोरले नाउपासहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र...

मुगुको खानेपानी कार्यालयमा भ्रष्टाचार, प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर आइतबार, वैशाख २, २०८१ आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार चार सय ८१ रुपैयाँ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ।

‘वान एक्स बेट’मा जुवा खेलाउने तीन एजेन्ट पक्राउ, ५७ करोडको कारोबार गरेको दाबी आइतबार, वैशाख २, २०८१ ‘वान एक्स बेट’मार्फत जुवा खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका-९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा वडा नम्बर १० का ३० वर्षीय राकेश चौधरी छन्।

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु आइतबार, वैशाख २, २०८१ भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाशदिप केसीले जानकारी दिए।

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्बोचेमा आइतबार, वैशाख २, २०८१ सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली स्याङ्बोचे पुगेको छ।









