News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लखनउलाई हराउँदै कोलकाताको चौथो जित

काठमाडौं — तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ।

१६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ रनमा नट आउट रहे। श्रेयस ऐर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे। सुनिल नारायण ६ रनमा आउट भएका थिए। लखनउका मोहसिन खानले २ विकेट लिए।

Prabhu Bank

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। लखनउका निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए। क्विन्टन डि कक १०, लोकेश राहुल ३९, दीपक हुँडा ८, आयुश बदोनी २९ र मार्कस स्टोइनिसले १० रन बनाए।

कोलकाताका मिचेल स्टार्कले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। वैभव आरोरा, सुनिल नारायण, बरुणचक्रवर्ती र आन्द्रे रसेलले १९१ विकेट लिए।कोलकाता ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ। राजस्थान रोयल्स ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ।

लखनउ ६ खेलमा समान ३ मा जित र हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ। आजको अर्को खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:५८
Weather Update