News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लिभरपुल पछि आर्सनलको पनि हार, म्यानचेस्टर सिटीलाई फाइदा
फाइल तस्बिर।

काठमाडौं— इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आआफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम रहेको छ।

गएराती सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १-० ले पराजित भयो भने आर्सनल एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो।

Prabhu Bank

यो हारले लिभरपुल र आर्सनललाई ठुलो धक्का लागेको छ। यस सिजनको लिग अन्तिम चरणमा रहेको र तीन क्लबबीच उपाधि जितमा प्रतिष्पर्धा रहेको बेला यो हारले म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना बढेर गएको छ।

३२ खेलपछि म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ भने आर्सनलको ७१ अंक रहेको छ। त्यस्तै ७१ अंक नै रहेको लिभरपुलको भने गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ।
  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:४९
Weather Update