News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएल: रोहितले नटआउट शतक बनाउँदा पनि चेन्नईसँग हार्‍यो मुम्बई
तस्बिरः रासस/एपी

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले २० रनले पराजित गरेको छ। २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो। 

रोहित र ईशान शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुत सुरुवात गरेका थिए। ईशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो। सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक बर्माले ३१ रन जोड्दै टोलीलाई केही आशा दिलाए। तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसकेपछि पराजित भयो। 

Prabhu Bank

मुम्बइका लागि टिम डेभिडले १३ रन जाडे। रोहितले ६३ बलमा ५ छक्का र १ ११ चौकासहित नटआउट १ सय ५ रन बनाए। चेन्नईका मतिशा पाथिरानाले ४ विकेट लिए। तुसार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए। त्यसअघि टक हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो।

कप्तान ऋतुराज गायकवाड र शिभम दुबेले अर्धशतक बनाए। ऋतुराजले ४० बलमा ६९ रन बनाए  भने  शिभमले ६६ रन जोडे। महेन्द्रसिंह धोनीले ४ बलमा तीन छक्कासहित २० रनको आक्रामक पारी खेले। रचिन रविन्द्रले २१ र र्डेल मिचेलले १७ रन बनाए।मुम्बईका लागि हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए।

पाँचौं खेलमा चौथो खेल जितेको चेन्नई ८ अंकसहित दोस्रो स्थानमा छ। छैटौँ खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अंकसहित आठौं स्थानमा छ।

आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपरजायन्टलाई ८ विकेटले हरायो। प्रतियोगिता अन्तरगत आज रोयल च्यालेन्जर्स बैगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:३६
Weather Update