News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बिना अक्सिजन अस्ट्रेलियन आरोहीले गरिन् अन्नपूर्ण हिमालको आरोहण
तस्बिरः सेभेन समिट ट्रेक्स

काठमाडौं — अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन्। आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन्।

सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएका हुन्। 

Prabhu Bank

यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका थिए। उनले अप्रिल १२ तारिखका दिन अपराह्न अन्नपूर्ण हिमालको आरोहण गरेका हुन्। 

annapurna_1-1713108788.jpg
अन्नपूर्ण–१ हिमाल

दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण गरेको जानकारी आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए। उनले भने, ‘दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन आरोहण गरेको जानकारी आएको छ, यसलाई हामी (विभाग)ले अफिसियली प्रमाणीकरण गर्न बाँकी छ।’ 

दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अस्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै तीनवटा आठ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन्। उनको यसपछि कञ्चनजङ्घा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य छ।

सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेका थिए। सन् २०२३ को जुलाई १५ का दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ मा अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ मा विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन्। हालसम्म छजनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेको जनाइन्छ। पर्यटन विभागका अनुसार यो याममा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीन आरोही समूहका ११ महिला र १४ पुरुष गरी कूल २५ जनाले आरोहण अनुमति लिएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:१९
Weather Update